चितवनमा एनसेलको टावरमा आगजनी
प्रकाशित मिति: बिहिबार, साउन १६, २०७६ | १६:२५:२९
चितवन , १६ साउन
देशैभर विभिन्न स्थानमा एनसेलको टावरमा आगजनी भइरहेको बेला चितवनमा पनि एनसेलको एउटा टावरमा आगजनी भएको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नम्बर १० कठार स्थित श्रीराम महतोको खेतमा रहेको एनसेलको टावरमा गएराति आगजनी भएको हो ।

आगजनीबाट सामान्य क्षति भएको प्रहरीले जनाएको छ । आगजनी कसले गरेको भन्ने एकिन नभएपनि विप्लव समुहले आगजनी गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रकाशित मिति : बिहिबार, साउन १६, २०७६ |
१६:२५:२९
7107



















