रविको सर्मथकद्धारा प्रहरीको गाडी तोडफोड , प्रहरीद्धारा चार सेल अश्रुग्याँस प्रहार
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६ | १५:०५:२५
चितवन , ३२ साउन
रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका उनका सर्मथकहरु प्रहरीको गाडीमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शनकारीहरुले प्रहरीको ना १ झ १२७१ नम्बरको गाडीको सिसामा ढुङ्गा प्रहार गरेका थिए ।
उनीहरुलाई तितरवितर पार्न प्रहरीले चार सेल अश्रुग्याँस प्रहार गरेको थियो । पत्रकार शालिकराम पुडासैनीको मृत्युको प्रकरणमा प्रहरीले रवि लामिछानेलाई नियन्त्रणमा लिएदेखी नै उनका सर्मथकहरु विरोधमा उत्रिएका हुन् । रविलाई शुक्रबार चितवन जिल्ला अदालतले घटनाको छानविनको लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । त्यस लगत्तै थप आक्रोशित बनेका रविका सर्मथकहरुले शनिबार पनि विरोध सहित नारवाजी गरेका थिए । रविको सर्मथनमा अहिले रमेश प्रसाई र ज्ञानेन्द्र शाही पनि चितवन आएका छन् ।
प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६ |
१५:०५:२५
2861