२३ जना रविका समर्थक पक्राउ
चितवन , ४ भदौ
चितवन प्रहरीले २३ जना रवि लामिछानेका समर्थकहरुलाई पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनीको मृत्युको घटनामा अनुसन्धान गर्न रवि लामिछाने , युवराज कंडेल र अस्मिता कार्कीलाई प्रहरी काठमाण्डौँबाट पक्राउ गरेर चितवन ल्याएसँगै रविका समर्थकहरुले प्रर्दशन गरेका थिए ।
रविको समर्थनमा नारावाजी र प्रदर्शन गर्ने क्रममा प्रहरीको गाडीमाथी आक्रमण गर्ने , प्रहरीमाथी ढुङ्गा प्रहार गर्ने , भिडलाई उत्तेजित पार्ने २३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । पक्राउ परेकाहरुलाई अभद्र व्यवहारको मुद्धा दर्ता गरि कारबाही अगाडी बढाइएको कोइरालाले बताए । पक्राउ परेकामध्य ४ जना धरौटीमा रिहा भएको , १० जनालाई म्याद थप गरि अनुसन्धान गरिरहेको र मंगलबार पक्राउ परेका ९ जनालाई जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गर्न लागिएको प्रहरीले जनाएको छ ।