विप्लवका छोरा प्रकाश सहित १८ जना प्रहरीको नियन्त्रणमा
प्रकाशित मिति: बुधबार, भाद्र २५, २०७६ | ११:०६:०४
चितवन , २५ भदौ
नेन्द्र विक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रकाश सहित खन्य १७ जना विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकोे हो ।
चितवन मेडिकल कलेज परिसरबाट प्रहरीले ७ जना महिला र ११ पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अस्पतालको सेवा प्रभावमा अवरोध पुर्याएकोले उनीहरुलाई नियन्त्रणमा लिएका प्रहरीको दावी छ । सरकारले निर्धारण गरेको शुल्क भन्दा बढी शुल्क लिएको भन्दै विगत केहिदिन यता चितवन मेडिकल कलेजमा चितित्साशास्त्रमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित हुदै आएका छन् ।
प्रकाशित मिति : बुधबार, भाद्र २५, २०७६ |
११:०६:०४
6095



















