भाइ टिकाको दिन चितवनमा प्रहरीको निशुल्क बस सेवा
प्रकाशित मिति: मंगलबार, कार्तिक १२, २०७६ | १४:००:५८
चितवन , १२ कार्तिक
नेपालीहरुको महान चाड दिपावलीको अवसरमा चितवन प्रहरीले निशुल्क बस संचालन गरेको छ । आज भाइटिकाको दिन सर्वसाधरणहरुको सुबिधाको लागि जिल्ला प्रहरी कार्यालय चितवनको पहलमा ३ वटा निशुल्क बस संचालन गरिएको छ ।
प्रहरी स्कुल शान्तिपुर र जुनियर प्रहरी अधिकृत शिक्षालयको बस प्रयोग गरि विभिन्न तिनवटा रुटमा बस संचालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ना १क ५६०८ नम्बर बस चौबिसकोठी,प्रेमबस्ती हुदै जगतपुर, बा १ग २९९६ नम्बरको बस चौबिसकोठी ,मंगलपुर हुदैँ मेघौली र प्रदेश ३ — १००१ ग ३६५० नम्बरको बस चौबिसकोठी ,टांडी हुदैँ लोथरको रुटमा संचालन गरेको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक १२, २०७६ |
१४:००:५८
5589

























