ज्यामिरेमा मोटरसाइकलले साइकललाई ठक्कर दियो, दुईजना घाइते
प्रकाशित मिति: बुधबार, कार्तिक १३, २०७६ | १९:४४:५२
चितवन , १३ कार्तिक
पुर्वीचितवनको खैरहनी १ बहेरा चोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिएको छ । मोटरसाइकलको ठक्करबाट साइकलमा सवार रत्ननगर ३ बस्ने बर्ष ५० को डिल्ली पोखरेल घाइते भएका छन् ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना १० प ७०८९ नम्बरको मोटरसाइकलले आज बेलुका साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परि मोटरसाइकल चालक राप्ती नगरपालिका ६ को बर्ष ३३ को खेम कुवर समेत घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुवैजनाको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले बताए । ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक १३, २०७६ |
१९:४४:५२
4753

























