जनताको चाहना बिपरित सरकार चल्न खोज्यो : कांग्रेस प्रवक्ता शर्मा
प्रकाशित मिति: शुक्रबार, मंसिर ०६, २०७६ | १७:४३:३७
चितवन , ६ मंसिर।
नेपाली कांग्रेसका नेता तथा पार्टी प्रवक्ता बिश्व प्रकाश शर्माले बर्तमान सरकार जनताको चाहना र मर्म बिपरित चल्न खोजेको आरोप लगाए ।
बर्तमान सरकारले जनतामा महङ्गी र करको भार थुपारेको भन्दै शर्माले सरकारले जनताको घरमा चुलो बाल्नेदेखि सुरक्षाको सवालसम्म सरकार गम्भिर हुनुपर्ने बताए । चितवनको खैरहनीमा उपनिर्बाचनको चुनावी सभालाई संबोधन गर्दै शर्माले सरकारले पटक पटक जनतालाई झुक्काउने र जनमतको अपमान गरेको आरोप लगाउदै अब नेपाली कांग्रेसले मात्रै जनमतलाई कदर गर्न सक्ने बताए ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०६, २०७६ |
१७:४३:३७
6403



















