सिमाना नजिक ढुङ्गामै कुदियो नेपालको झण्डा
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६ | ७:१६:०२
चितवन , १० मंसिर।
देशका विभिन्न स्थानमा नेपालको सिमा मिचिरहेको बेला चितवनमा दशगजाँ नजिक नेपालको झण्डा निर्माण गरिएको छ । नेपाल भारतको सिमा नजिक रहेको सोमेश्वर गढीमा ढुङ्गा कुदेर नै नेपालको झण्डा बनाइएको हो । त्यहीँ रहेको ढुङ्गामा नेपालको राष्ट्रिय झण्डामा अंकित चन्द्र ,सूर्य र झण्डाको आकार ढुङ्गामा कुदिएको छ ।

सोमेश्वर गढीलाई पर्यटकिय गन्तव्यको रुपमा परिचित गराउन उक्त स्थानमा ५० भन्दा बढी मूर्तीहरु बनाइएको माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले जानकारी दिए । माडी नगरपालिका र नेपाल ललित कला प्रतिष्ठानको संयुक्त आयोजनामा १८ दिनसम्म चलेको राष्ट्रिय प्रस्तर मूर्तीकला कार्यशालामा सहभागी २९ जना मूर्तीकारहरुले समसामायीक विषयवस्तु झल्किने मूर्तिहरु कुदेका छन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर १०, २०७६ |
७:१६:०२
7327




















