चितवनमा शान्तिपूर्ण रुपमा मतदान हुँदै , सुरक्षा व्यवस्था कडा (फोटो फिचर)
प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६ | १०:२०:१७
चितवन , १४ मंसिर।
उपनिर्वाचन अन्तर्गत चितवनमा भइरहेको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ । चितवनमको भरतपुर महानगरपालिका वडा नम्बर १६ र खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ मा वडा अध्यक्ष पदको लागि भएको निवर्चानमा शान्तिपूर्ण रुपमा संचालन भइरहेको छ ।

बिहान ७ बजेदेखी सुरु भएको मतदानमा सुरक्षाको व्यवस्था कडा परिएको छ । मतदान स्थल र आसपाँसको क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका छन् । बिहान ९ बजेसम्म भरतपुर १६ मा १४ प्रतिशत , खैरहनी ४ मा १८ प्रतिशत र खैरहनी ५ मा १२ प्रतिशत मत खसेको छ ।



प्रकाशित मिति : शनिबार, मंसिर १४, २०७६ |
१०:२०:१७
7129






















