पर्यटक घुमाउने हात्तीहरुलाई सौराहामा वनभोज

पर्यटक घुमाउने हात्तीहरुलाई सौराहामा वनभोज

चितवन , १६ पुस ।
चितवनमा हात्तीहरुलाई वनभोज खुवाइएको छ । सधैजसो पर्यटकलाई भुमाउन व्यस्त हुने हात्तीहरुलाई आज वनभोज खुवाइएको हो । क्षेत्रिय होटल संघ चितवन नेपालले सौराहामा आयोजनाको गरेको हात्ती महोत्सव अन्तर्गत आज करिब एक सय वटा हात्तीहरुलाई वनभोज खुवाइएको हो ।

हात्तीहरुलाई मनपर्ने खानेकुराहरु गाजर , बन्दा ,उखु , सुन्तला , सख्खर , स्याउ , केरा खुवाइएको वनभोज कार्यक्रमका संयोजक धु्रव गिरीले जानकारी दिए । वनभोज कार्यक्रमको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरेका थिए । हात्तीहरुलाई लस्करै राखेर वनभोज खुवाएको दृश्य हेर्न र खुवाउन दर्शकहरुको घुइँचो लागेको थियो ।