भ्रमण बर्ष २०२० सुरु , चितवन आएका पर्यटकहरुलाई भव्य स्वागत

भ्रमण बर्ष २०२० सुरु , चितवन आएका पर्यटकहरुलाई भव्य स्वागत

चितवन , १६ पुस।
सरकारले घोषँणा गरेको भ्रमण बर्ष २०२० आजबाट सुरु भएको छ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य अनुसार सुरु भएको भ्रमण बर्षको पहिलो दिन चितवन आएका पर्यटकहरुलाई भव्य रुपमा बाजागाजाँ सहित स्वागत गरिएको छ ।

जिल्ला समन्वय समिती, चितवनका विभिन्न पालिकाहरु, जिल्ला प्रशासन कार्यालय लगायत , होटल व्यवसायी लगायतले चितवन आएका विदेशी पर्यटकहरुलाई भरतपुर विमानस्थलमै पुगेर स्वागत सम्मान गरेको हो । पर्यटकहरुलाई फूलमालाले स्वागत गरिएको थियो । पर्यटकयि क्षेत्र सौराहामा समेत पर्यटकहरुलाई रत्ननगर नगरपालिका र व्यवसायीहरुले स्वागत गरेका थिए ।