३ नम्बर प्रदेश सरकारले सौराहाबाट शुभारम्भ गर्यो भ्रमण बर्ष (फोटो फिचर)
प्रकाशित मिति: बुधबार, पौष १६, २०७६ | १८:५८:४१
चितवन ,१६ पुस।
३ नम्बर प्रदेश सरकारले चितवनको सौराहाबाट भ्रमण बर्ष २०२० को औपचारिक शुभारम्भ गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि प्रदेश सरकारले भ्रमण बर्षको सुरुवात भएको घोषणा गर्दै प्रदेश ३ मा एक दशकसम्म यो अभियान जारी रहने जनाएको छ ।
प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ ,अर्थमन्त्री कैलाश ढुगेंल , सामाजिक विकास मन्त्री युवराज दुलाल , उद्योग ,पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले संयुक्त रुपमा भिजिट नेपाल लेखिएको बेलुन उडाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रकाशित मिति : बुधबार, पौष १६, २०७६ |
१८:५८:४१
1189