अक्सफोर्ड सहकारीको ठगी प्रकरण : ऋणीको जग्गा एकाएक फुकुवा , मिल्नलाई दवाव
प्रकाशित मिति: बुधबार, माघ ०८, २०७६ | १८:४१:५६
चितवन , ८ माघ ।
पूर्वीचितवनको खैरहनी ८ मा रहेको अक्सफोर्ड बहुउद्देश्यीय सहकारी संस्थाले ठगी गरेको समाचार प्रकाशन भएसँगै ऋणीको जग्गा फुकुवाँ गराएको छ । सहकारीले किर्ते कागजात गरि ठगी गरेको बाहिर आएसँगै संस्थाले पिडित र उनको परिवारलाई मिल्नको लागि दवाव दिदै आएको छ ।
रोक्का गरेको जग्गा समेत फुकुवा गरेको र अब लेनदेन केहि नरहेको कागज गर्न संस्थाका उपाध्यक्ष राजकुमार सुयलले दवाव दिइरहेको पिडित परिवारले जनाएको छ । अहिले पनि संस्थाका केहि व्यक्ती र पिडित परिवारकाबिच गोप्य छलफल चलिरहेको छ । यसबिषयमा स्थानिय निकाय र प्रशासनले चाँसो देखाएको छैन ।
प्रकाशित मिति : बुधबार, माघ ०८, २०७६ |
१८:४१:५६
6469
























