सुर्खेतमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६ | १३:४५:२८
सुर्खेत, १४ माघ
सुर्खेतमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
सुर्खेतको विरेन्दनगरमा आज बिहान टिप्परले ठक्कर दिँदा कालिकोट महावै गाउँपालिका ३ का २० वर्षीय केशर सिंहको ज्यान गएको हो । सिंह सवार भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । सिंहलाई टिप्परले किचेर झण्डै २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रवि रावलले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए। सिंहका आफन्तले अहिले जुम्ला सडकको यरिचोक र गौतम चोकमा आर्कोशित हुुँदै टायर बालेर प्रर्दशन गरिरहेका छन्
प्रकाशित मिति : मंगलबार, माघ १४, २०७६ |
१३:४५:२८
5281
























