‘केही पनि काम भएन भनिन्छ , त्यस्तो होइन , प्रचार नभएको हुनसक्छ ।’-प्रधानमन्त्री ओली
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६ | १३:१२:३२
काठमाडौं,१५ माघ
प्रधानमन्त्री केपी शर्मा ओलीले केही पनि काम भएन भनेर भएको प्रचार सही नभएको बताएका छन् । सरकारले युगान्तकारी काम गरिरहेको उनको दाबी छ ।
सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘केही पनि काम भएन भनिन्छ । त्यस्तो होइन । प्रचार नभएको हुनसक्छ ।’
वर्षमा १० किलोमिटर मात्र सडक कालोपत्र हुने गरेको विगत रहेको भन्दै उनले भने, ‘अहिले दैनिक ५.७ किलोमिटर सडक कालोपत्रे हुन्छ ।’
आफ्नो नेतृत्वको सरकार बनेपछि अन्तर्राष्ट्रिय सूचकांकहरुमा समेत सुधार भएको भन्दै उनले तथ्यांक प्रस्तुत गरे । आर्थिक वृद्धिदर यो वर्ष ६.५ प्रतिशत माथि रहेको तथा धानदेखि गहुँको उत्पादन समेत बढेको प्रधानमन्त्री ओलीले सुनाए ।
प्रकाशित मिति : बुधबार, माघ १५, २०७६ |
१३:१२:३२
6029























