“लिम्पियाधुरा हाम्रो हो भनेर नेपालले यही सरकारको पालामा औपचारिक रुपमा भनेका हौं,” – प्रधानमन्त्री ओली
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६ | १३:१९:३१
काठमाडौं ,१५ माघ
प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपालले पहिलोपल्ट भारतसँग लिम्पियाधुरा हाम्रो हो भनेर भनेको स्पष्ट पारेका छन् ।
नेकपा केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“लिम्पियाधुरा हाम्रो हो भनेर नेपालले यही सरकारको पालामा औपचारिक रुपमा भनेका हौं,” उनले भने,“त्यसभन्दाअघि लिम्पियाधुरा पनि हाम्रो हो भनेर कसैले भन्न सकेका थिएनन् ।”
उनले सीमा विवाद रहेको स्पष्ट पार्दै भने, “सीमा विवाद हाम्रो छ । तर कालापानी लिम्पियाधुरा र लिपुलेकमा छ । हामी वार्ताबाट भारतसँग कुरा गरेर समाधान गर्न सक्छौं । सरकारले बेवास्ता गर्छ कि भन्ने नठान्नुभए हुन्छ । यो सरकार देशभक्त र राष्ट्रवादी सरकार हो ।
सत्यका लागि बोल्न नडराउने सरकार हो ।”
प्रकाशित मिति : बुधबार, माघ १५, २०७६ |
१३:१९:३१
6095



















