सपना भिलेजद्धारा अशक्त शिवराजलाई ह्वील चियर प्रदान

सपना भिलेजद्धारा अशक्त शिवराजलाई ह्वील चियर प्रदान

सपना भिलेज सोसियल इम्प्याक्टले अपाङगता भएका एक मुसहर युवालाई ह्विल चियर सहयोग गरेको छ । रत्ननगर ७ मालपुर मुसहर बस्तीका शिबराज मुसहरलाई सपना भिलेजले ह्वील चियन प्रदान गरेको हो । २८ बर्षका शिवराजको हात खुट्टा चल्दैनन् ।

बर्षौ देखि ओछ्यानमा परेका शिवराजको स्याहार सुसारमै परिवारलाई समस्या छ । शिवराजको जीवनलाई केही सहज बनाउन ह्वील चियर सहयोग गरेका हौं इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले ह्वीलचियरले शिवराजलाई ओछ्याउनबाट बाहिर निकल्ने छ ।

मुसहर बस्तीका आयोजित कार्यक्रममा वडाध्यक्ष राजन भट्ट,इम्प्याक्टका अध्यक्ष गिरी र रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले सयुक्त रुपमा ह्विल चियर हस्तान्तरण गरेका थिए । सपना भिलेज सोसियल इम्प्याक्टले विभिन्न सामाजिक काम गर्दै आएको ।

सीमान्तकृत चेपाङको विकास,विद्यालयमा पूर्वाधार निर्माण,मुसहरलाई आवास,गरिवलाई घर,खानेपानी तथा शौचालन निर्माणसंगै गरिब तथा विपन्न समुदायका वालावलिकालाई शिक्षा पदान गर्दै आएको इम्प्याक्टका अध्यक्ष गिरीले बताए ।