प्रधानन्यायाधीश राउत अवकाशमा, सपना प्रधान मल्ल कायममुकायम जिम्मेवारीमा
प्रकाशित मिति: बुधबार, चैत्र १८, २०८२ | ११:४६:५६
चितवन, १८ चैत्र । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएसँगै बुधबारदेखि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएकी छन्।
६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएका राउतलाई मंगलबार मल्लले औपचारिक रूपमा बिदाइ गरेकी थिइन्। अब नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।
प्रकाशित मिति : बुधबार, चैत्र १८, २०८२ |
११:४६:५६
3279



















