कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज, निर्वाचनसम्बन्धी अनियमिततामा छलफल
प्रकाशित मिति: बुधबार, चैत्र १८, २०८२ | ११:४१:३०
चितवन, १८ चैत्र । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज दिउँसो १ बजे सानेपास्थित बीपी स्मृति भवनमा बस्ने भएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा समितिका सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।
केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा बस्न लागेको उक्त बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा देखिएका अनुशासनसम्बन्धी अनियमितता र गतिविधिबारे छलफल हुने जनाइएको छ।
प्रकाशित मिति : बुधबार, चैत्र १८, २०८२ |
११:४१:३०
2971



















