एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन
प्रकाशित मिति: बुधबार, चैत्र १८, २०८२ | १७:१४:४५
चितवन, १८ चैत्र । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको प्रक्रियामार्फत उनी नेता बनेका हुन्।
संसदीय दलको नेतामा थापा र सुहाङ नेम्वाङले दाबी गरेका थिए। सहमति हुन नसकेपछि निर्वाचनको तयारी गरिएको भए पनि अन्तिम समयमा नेम्वाङले प्रस्तावक र समर्थक नपाएपछि थापा निर्विरोध चयन भएका हुन्।
प्रकाशित मिति : बुधबार, चैत्र १८, २०८२ |
१७:१४:४५
3631



















