ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
प्रकाशित मिति: सोमबार, चैत्र १६, २०८२ | ९:५३:५७
चितवन, १६ चैत्र । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदैछ। गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइको मागसहित आइतबार दायर गरिएको रिटमा सोमबारका लागि पेसी तोकिएको हो।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले निवेदन दर्ता गराएका हुन्।
उक्त आन्दोलनका क्रममा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही प्रतिवेदनका आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको हो।
प्रकाशित मिति : सोमबार, चैत्र १६, २०८२ |
९:५३:५७
3653



















