ललितपुरको कवाडीखानामा भीषण आगलागी, एक जना घाइते

ललितपुरको कवाडीखानामा भीषण आगलागी, एक जना घाइते

काठमाडौं,१९ माघ।

ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी एक जना घाइते भएका छन् ।

आइतबार बिहान ११ः२० बजेतिर लागेको आगलागीले उग्र रुप लिएको छ । आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको छ ।

आगलागीमा घाइते भएका एक जनाको उद्दार गरिएको छ भने अन्य व्यक्तिहरु पनि कवाडी खानाभित्र हुनसक्ने आशंका गरिएको छ ।आगो निभाउन काठमाडौं र ललितपुरको दमकल पठाइएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।