हेटौंडाको दुई ओटा स्कुल बसमा आगजनी
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६ | १४:०७:३४
हेटौडा,१९ माघ ।
हेटौंडा उपमहानगरपालिका–५ पिप्लेस्थित जेनिथ इन्टरनेशनल विद्यालयको दुई ओटा बसमा शनिबार राति आगजनी भएको छ । स्कुल परिसरभित्र रोकीराखिएको ना७ख ८७२८ र ना१क ३२१८ नम्बरको दुई बसमा आगजनी भएको हो ।
आगजनीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ । स्थानीयवासी र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।
आगजनी आफैँ अथवा कसैले गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, माघ १९, २०७६ |
१४:०७:३४
1937