कटुवा पेस्तोल र गोलिसहित एकजना पक्राउ
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६ | १८:४६:२३
पर्सा,१९ माघ ।
कटुवा पेस्तोल र सोमा लाग्ने गोलिसहित एकजना बाराबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने ३८ बर्षिय दिपलाल राम रहेका छन्।
घरमा लुकाई छिपाई पेस्तोल र गोलि राखेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले खाटमुनि लुकाएर राखिएको अवस्थामा एक थान अवैध नलकटुवा पेस्तोल र सोमा लाग्ने ६ थान गोलीसहित रामलाई पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए।
पेस्तोल र गोलिसहित पक्राउ परेका रामलाई हातहतियार खरखजना मुद्दामा अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धान भइरहेको मिश्रले बताए।
प्रकाशित मिति : आइतबार, माघ १९, २०७६ |
१८:४६:२३
1871