मेयरकै निर्देशनमा पत्रकारहरुलाई कुट्ने एक होटेल व्यवसायी पक्राउ

मेयरकै निर्देशनमा पत्रकारहरुलाई कुट्ने एक होटेल व्यवसायी पक्राउ

जनकपुरधाम,१९ माघ ।

जनकपुरधाममा मेयरकै कार्यकक्षमा पत्रकारहरुलाई कुट्ने एकजना पक्राउ परेको छ।

गत पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकामा मेयरकै निर्देशनमा चारजना पत्रकारहरु कुटिएका थिए।

घटना भएको करिब एक महिनापछि धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ भने बाँकी फरार रहेका छन्।

पक्राउ पर्नेमा धनुषा जिल्लाकै जनकपुरधामका होटल व्यवसायी धर्मेन्द्र साह रहेको छ।

आइतवार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विषेश टोलिले साहको जनकपुरधामको शिवचौक स्थित आफ्नै होटल रूफटपबाट पक्राउ गरेको छ।

एक जना पक्राउ परेपनि बाँकी केहिजना अहिले फरार रहेको छ। जिल्ला प्रहरीले पत्रकारहरुलाई मेयरको कार्यकक्षमा कुटेको आरोपमा केहि जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ भने बाँकीहरु अहिले फरार रहेको छ।

गत पुस २२ गतेका दिन जानकी मन्दिरको फुलबारी जग्गा अतिक्रमण घटना सम्बन्धमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरूमाथि मेयर साहको कार्यकक्षमा कुटपिट तथा दुर्व्यवाहार भएको थियो भने पछि घटना सम्बन्धमा बुझन पुगेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रसहित अन्य पत्रकारहरुमाथि दुव्र्यवहार तथा कुटपिट भएको थियो।