न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको ७१ वर्षको उमेरमा निधन
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६ | १९:३२:४१
वेलिङटन,१९ माघ
न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ ।
उनि सन् १९९० देखि न्युजल्याण्डको ३४औँ प्रधानमन्त्री बनेका थिए । उनको आफ्नै निवासमा निधन भएको अधिकारीहरुले जनाएका छन् ।
उनको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त गरेका छन् । देशको व्यापारको क्षेत्रमा मुरेको ठूलो योगदान रहेको उनले स्मरण गरेका छन् ।
विश्व व्यापार सङ्गठन ढडब्लुटिओण्लाई अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थामा पु¥याउन मुरेले नेतृत्वदायी भूमिका खेलेको पनि उनले उल्लेख गरेका छन् ।
हरेकले उनलाई न्युजल्याण्डका लागि र न्युजल्याण्डलाई विश्वसँग जोड्नका लागि जन्मनु भएको थियो भन्ने गरेका छन्, प्रधानमन्त्री जसिन्दाले भने ।
उनि सन् १९९९ मा डब्लुटिओको महानिर्देशकमा नियुक्त भएका थिए । रासस
प्रकाशित मिति : आइतबार, माघ १९, २०७६ |
१९:३२:४१
5501



















