जनकपुर भन्सारका नासु डेढ लाख घुससहित पक्राउ
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६ | १३:२४:४७
जनकपुरधाम,माघ २१ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधाम भन्सार कार्यालयबाट एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
भन्सार कार्यालयमा कार्यरत नायव सुब्बा अहमद रज्जा अन्सारीलाई सोमबार साँझ सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
प्रकाशित मिति : मंगलबार, माघ २१, २०७६ |
१३:२४:४७
5655



















