टुँडिखेल फिर्ता नगरेको भन्दै काठमाडौं महानगरको मूलगेटमा धर्ना
प्रकाशित मिति: बिहिबार, माघ २३, २०७६ | १२:३९:४८
काठमाडौं,२३ माघ
अक्कुपाई टुँडिखेल अभियन्ताहरुले विहीबार काठमाडौ महानरपालिका कार्यालयको मूलगेटमा धर्ना दिएका छन् ।
तीन महिना बितिसक्दा पनि खुल्ला मञ्च खाली नगरेको भन्दै उनीहरुले विरोधस्वरुप गेटमा धर्ना दिएका हुन् ।
महानगरपालिकाले सम्पदा मासेर प्रकृतिमाथि हस्तक्षेप गरेको भन्दै जनताको टुँडिखेल फिर्ता गर्नुपर्ने उनीहरुका माग छ ।
भ्यूटावर चाहिदैन, बसपार्क स्थानान्तरण गर जस्ता नारा र प्लेकार्ड बोकेका उनीहरुले महानगरपालिकाले टुँडिखेलमाथिको हस्तक्षेप बन्द नगरेसम्म धर्ना जारी रहने बताएका छन् ।
अभिायानका संयोजक विजय श्रेष्ठले तीन महिनाभित्र टुँडिखेल फिर्ता गर्ने आवश्वासन दिएर महानगरपालिकाले जनताको भावनामाथि चोट पुर्याएको बताए ।
प्रकाशित मिति : बिहिबार, माघ २३, २०७६ |
१२:३९:४८
6799



















