सानेपामा पूर्व सचिव कार्कीकी पत्नीको हत्या प्रयास, मृत अवस्थामा भेटिए कामदार
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६ | १४:००:५८
काठमाडौं,२७ माघ ।
पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुनामाथि घरभित्रै आक्रमण भएको छ ।
टाउकोमा गम्भीर चोट लागेकी उनको अचेत अवस्थामा ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहेको छ ।
पति घरमा नभएको बेला मुनामाथि कामदारले आक्रमण गरेको हुनसक्ने स्थानीयले जनाएका छन् । कार्कीको घरमा काम गर्ने कामदार घरभित्रै झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते अवस्थामा भान्सामा रक्ताम्य अवस्थामा लडेकी मुनालाई प्रहरीले अस्पताल पुर्याएको थियो । कामदारले हत्या प्रयास गरेको प्रहरीको आशंका छ । महानगरीय प्रहरी सानेपाका इन्चार्ज प्रहरी इन्सपेक्टर कोशिस जोशीले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, माघ २७, २०७६ |
१४:००:५८
4885



















