अस्ट्रेलियामा दुई साना बिमान आकाशमै ठोक्किँदा चार जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, फाल्गुण ०७, २०७६ | १२:०७:१८
काठमाडौं,७ माघ ।
अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना विमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ ।
प्रहरीले दुबै विमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई विमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए ।
यो पनि पढ्नुहोस् स् यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना
दुबै विमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन् । एजेन्सी
प्रकाशित मिति : बुधबार, फाल्गुण ०७, २०७६ |
१२:०७:१८
4929
















