मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा
प्रकाशित मिति: सोमबार, फाल्गुण १२, २०७६ | १३:२५:२३
एजेन्सी,१२ फागुन ।
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार राजासमक्ष आफ्नो राजीनामा पत्र बुझाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
९४ वर्षीय महाथिरले २०१८ मेमा प्रधानमन्त्री पद सम्हालेका थिए । त्यो उनको दोस्रो इनिङ थियो । मलेसियालाई विकासको यो अवस्थामा लैजान महाथिरको भूमिका महत्वपूर्ण मानिन्छ । उनी तीन दशकभन्दा बढी प्रधानमन्त्री बनेका थिए ।
उमेर र शारीरिक अवस्थाका कारण महाथिरले पदबाट राजीनामा दिएको हुन सक्ने बताइएको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुण १२, २०७६ |
१३:२५:२३
4709



















