तनहुँमा मगर दिवसमा सार्वजनिक बिदा
प्रकाशित मिति: बिहिबार, फाल्गुण १५, २०७६ | ११:२३:२४
तनहुँ,फागुन १५ ।
तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गत मंगलबार बसेको गाउँकार्यपालिका बैठकले फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
आज गाउँपालिकाभित्रका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए।
आज ३५ औं मगर दिवस मनाइँदैछ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण १५, २०७६ |
११:२३:२४
4621






















