लामो विवादपछि एमसीसी सम्झौता कार्यान्वयन नगर्ने श्रीलंकाको निर्णय
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १६, २०७६ | १४:०३:४८
एजेन्सी,१६ फागुन
श्रीलंकाले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन नगर्ने निर्णय गरेको छ।
श्रीलंकाको मन्त्रिपरिषद्ले एमसीसी कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेको हो। सरकारले एमसीसीबारे अध्ययन गर्न गठन गरेको विज्ञ समितिबाट प्राप्त सुझावका आधारमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जनाइएको छ।
राष्ट्रिय सुरक्षाको विषयलाई ध्यानमा राखी उक्त निर्णय गरिएको सरकारका प्रवक्ताले बताएका छन्। उनले एमसीसी मुलुकको संविधान अनुकूल नभएकोसमेत बताए।
यद्यपि, सम्झौताको संशोधनका लागि अमेरिकासँग छलफल गर्न तयार रहेको उनले बताएका छन्।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण १६, २०७६ |
१४:०३:४८
4907



















