भारतमा थप १५ जनामा कोरोनाको संक्रमण
प्रकाशित मिति: बुधबार, फाल्गुण २१, २०७६ | १५:२५:४१
काठमाडौं,२१ फागुन ।
भारतमा नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमित संख्या २२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५ जनामा संक्रमण देखिएको हो ।
संक्रमित मध्ये तीन जना निको भइसकेका छन् । भारतमा पहिलो पटक केरलामा कोरोनाको संकेत देखिएको थियो ।
१९ जना संक्रमितलाई चिकित्सकको निगरानीमा अस्पतालमा राखेर उपचार गराई रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण भारतको केरलाका साथै दिल्ली, तेलंगना, जयपुर लगायतका क्षेत्रमा देखा परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २१, २०७६ |
१५:२५:४१
4709



















