बुधबार काठमाडौंसहित देशभर पानी पर्ने
प्रकाशित मिति: मंगलबार, फाल्गुण २७, २०७६ | ११:२०:३९
काठमाडौं ,२७ फागुन ।
आज (मंगलबार) काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली भएको छ ।
मार्चयता प्रिमनसुन अवधि सुरु भएसँगै नेपालमा हावाहुरी, चट्याङ तथा असिना–पानी पर्ने सम्भावना कायमै छ ।नेपालमा फेरि पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणलीको प्रभाव सुरु भएको छ ।
यसले भोलि ९बुधबार०सम्ममा वर्षा तथा हिमपात गराउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।
यो प्रणाली भोली अर्थात बुधबारबाट नेपाल भित्रिने भएकाले विशेषगरी पश्चिमी क्षेत्रमा वर्षारहिमपात हुने सम्भावना रहेको मौसमविद पोखलले जानकारी दिइन् ।
पश्चिमी क्षेत्रबाहेक देशका अन्य स्थानमा पनि छिटफुट वर्षाको सम्भवना रहेको मौसमविदले बताएका छन् । बुधबार बेलुका काठमाडौं उपत्यकामा पनि हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण २७, २०७६ |
११:२०:३९
4665

























