बारामा प्रेस लेखेको मोटरसाइकलमा लागुऔषध तस्करी !
प्रकाशित मिति: मंगलबार, फाल्गुण २७, २०७६ | १४:४३:३६
काठमाडौं,२७ फागुन ।
बारामा ९ सय थान (पिस) लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । बारा जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित नेपाल विद्युत प्राधिकरण अगाडि बाटोबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा पर्सा विरगन्ज महानगरपालिका–१५ का ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारत विहार बस्ने वर्ष २२ को नासिर आलम छन् । जितेन्द्रले प्रेस लेखिएको ना ६२ प ६२६७ न।को मोटरसाइकल चलाएका थिए ।
जितेन्द्र र नासिरले गरेको कुराकानी प्रहरीलाई शंकास्पद लागेपछि मोटरसाइकल जाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट अवैध लागु औषध डाइजेपाम ३०० (तीन सय) पिस, नुफिन ३०० (तीन सय) पिस, फेनारगन ३०० (तीन सय) पिस गरी ९०० ९नौ सय० थान बरामद भएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण २७, २०७६ |
१४:४३:३६
4687

























