कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ३०, २०७६ | १४:५२:३८
कञ्चनपुर,३० फागुन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ ।
म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए । उनका अनुसार सुरजको घटनास्थलमै र दिनेशको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको बताइएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण ३०, २०७६ |
१४:५२:३८
3939

























