विवाहमा गएका युवाबीच झगडा हुँदा एकको मृत्यु, ११ पक्राउ
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ३०, २०७६ | १६:१५:३१
उदयपुर,३० फागुन ।
विवाहमा गएका युवाबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ। फागुन २२ गते दाजु अनिल राउतको विवाह भोजमा आपसी विवाद हुँदा त्रियुगा नगरपालिका ३ क्याम्पस डाँडाका २० वर्षीय सुनिल राउत घाइते भएका थिए । घाइते राउतको उपचारका क्रममा बिराटनगरस्थित अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले बताए ।
घटनामा संम्लग्न रहेको आंशकामा प्रहरीले ११ जना युवालाई नियन्त्रणमा लिइ अनुसन्धान जारी राखेको एसपी मगरले बताए ।पक्राउ परेकाको नाम भने प्रहरीले सार्वजानिक गरेको छैन् ।
खबर पाएलगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। स्थानीय युवाले राती सुनिललाई घरभन्दा केहि पर काम छ भन्दै बोलाएर कुटपिट गरेको एसपी बुढामगरले बताए।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण ३०, २०७६ |
१६:१५:३१
4027

























