अमेरिकाले कोरोनाविरुद्धको खोप सिधै मानिसमा परीक्षण गर्ने
काठमाडौं,२ चैत ।
विश्वव्यापी महामारीको रूप लिएको कोभिड १९ विरुद्धको खोप केही दिनमै खोप मानिसको शरीरमा जाँच गरिने अमेरिकी खोजकर्ताहरूले बताएका छन् ।
उक्त खोप जनावरमा प्रयोग नगरिकनै मानिसमा प्रयोग गर्ने प्रक्रिया शुरू भएको बताइएको हो ।
खोप स्वस्थ स्वयंसेवकमा प्रयोग गरिनेछ । खोप प्रयोग गर्नुभन्दा पहिला उक्त स्वयंसेवकको शरीरमा सामान्य प्रकारको कोभिड १९ भाइरस पठाइन्छ, जुन सहजै निको हुन सक्छ ।
बेलायतले जुन महिनाभित्रै यस्तो खोपको परीक्षण गर्ने जनाएपछि अमेरिकी खोजकर्ताहरूले अमेरिकामा पनि केही दिनमै परीक्षण हुन सक्ने बताएका हुन् ।
‘सामान्यतया कोरोनाको कमजोर भाइरसलाई शरीरमा प्रवेश गराइन्छ,’ अनुसन्धानकर्ताहरूले भनेका छन् ।
कोरोना भाइरससँग लड्न उपयुक्त ठानिएको उक्त खोपको आविष्कार महामारीसँग लड्ने अनुसन्धानकर्ताको टोलीले बनाएको दाबी गरिएको छ ।
उक्त टोलीका एक सदस्य डाक्टर मेलानी स्याभिलले समाचार संस्था टेलिग्राफसँग भनेका छन्, ‘कोरोनासँग निकै कम समयमा लड्नका लागि हामीले यस्तो किसिमको आविष्कार गरेका हौँ । सिधै मानवशरीरमा गरिने प्रयोगले निकै कम समयमा खोपको विकास गर्न मदत गर्छ ।’



















