भारतमा २८९ यात्रु सवार विमानमा भेटिए कोरोना संक्रमित
प्रकाशित मिति: आइतबार, चैत्र ०२, २०७६ | १३:००:३७
एजेन्सी,२ चैत ।
चीनको वुहान सहरबाट सुरु भएको कोराना भाइरस अब विश्वभर फैलिएको छ । द्रुत गतिमा विश्वका अधिकांश देशमा पुगेको यो भाइरसका कारण विश्व ठूलो त्रासमा पनि रहेको छ ।
यहीबीच भारतको कोच्चीबाट दुबई जान लागेको एक विमानमा कोरोना भाइरस संक्रमित भेटिएका छन् । यो विमानमा २८९ यात्रु सवार थिए ।
कोरोना भाइरस संक्रमित भेटिएपछि यो विमान बीचमै रोकिएको छ । विमानमा भेटिएका कोरोना भाइरस संक्रमित यी व्यक्ति बेलायती नागरिक भएको भारतीय मिडियाले जनाएका छन् ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण २ जनाको मृत्यु भइसकेको छ । सय जनामा यो संक्रमण देखिएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ०२, २०७६ |
१३:००:३७
4951



















