वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यम गर्नेलाई पुरस्कार
प्रकाशित मिति: आइतबार, चैत्र ०२, २०७६ | १७:५६:०९
काठमाडौं,२ चैत ।
वैदेशिक रोजगारीलाई त्यागेर स्वदेशमै उद्यम गर्नेहरुलाई सरकारले राष्ट्रिय स्तरको पुरस्कारबाट सम्मान गर्ने भएको छ।
अघिल्ला वर्षजस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्ष पनि देशमा उद्यम गर्नेहरुलाई योगदानको कदरस्वरुप सम्मान गर्ने भएको हो।
विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ अनुसार पुरस्कार प्रदान गरिने मन्त्रालयले उल्लेख गरेको छ।
पुरस्कार कार्यक्रममा सहभागी हुनका लागि कामदार भिसामा विदेश गई कम्तिमा १ वर्ष काम गरी स्वदेशमा उद्यम गरिरहेको हुनुपर्ने छ। आवेदन पठाउनका लागि चैत २३ गतेसम्म म्याद छ। आवेदन मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखा वा मन्त्रालयको इमेलमार्फत् दिन सकिने छ।
आवेदनको ढाँचा मन्त्रालयको वेबसाइट www.moless.gov.np मा राखिएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ०२, २०७६ |
१७:५६:०९
4335



















