अमेरिकी राजदूतावासद्वारा डीभी र गैरआप्रवासी भिसाअपोइन्टमेन्ट रद्द
प्रकाशित मिति: सोमबार, चैत्र ०३, २०७६ | ११:५६:४६
काठमाडौं,३ चैत ।
नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा (डीभी) र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणले विश्वव्यापी रूप लिइरहेका बेला दूतावासले मंगलबारबाट लागू हुनेगरी भिसाबारे यस्तो निर्णय लिएको हो ।
यसअघि नै बुझाएको एमआरभी शुल्क भने मान्य हुने दूतावासले जनाएको छ । दूतावासका अनुसार, यसको प्रयोग एक वर्षभित्र जहाँ खरिद गरिएको हो, सोही मुलुकको भिसा आवेदनका लागि प्रयोग हुनेछ ।
कुनै आपतकालीन अवस्था छ भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन दूतावासले भनेको छ ।
दूतावासले स्थगन गरिएको भिसा सेवा छिटो सुरु गरिने जनाएको छ । यद्यपि, मितिबारे भने केही खुलाएको छैन ।
प्रकाशित मिति : सोमबार, चैत्र ०३, २०७६ |
११:५६:४६
4357



















