सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका दुई हजार ५०६ जनाको नाम सार्वजनिक
काठमाडौं,४ चैत्र ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका दुई हजार ५०६ जनाको नाम सार्वजनिक गरेको छ।
द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सशस्त्र संघर्ष बिराम लागेको १३ वर्षपछि नामावली सार्वजनिक गरेको हो। बेपत्ता भएको भन्दै आयोगमा उजुरी दिनेको नाम भने उसले गोप्य राखेको आयोगले जनाएको छ।
आयोगका अनुसार बर्दियाबाट सबैभन्दा धेरै २ सय ५४ जनाले आफन्तको खोजखबर गरिदिन माग गर्दै आयोगमा निवेदन दिएका छन्। दाङबाट १ सय २८ , रोल्पाबाट बेपत्ता पारिएका ९७, रुकुमबाट ४५ जना, कञ्चनपुरबाट ७७, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०–४० जना बेपत्ता भएको उजुरी परेको छ । काठमाडौंबाट ३२ र कालीकोटबाट २४ जना बेपत्ताको सूचीमा रहेका छन्

























