भारत र बंगलादेशबाट आएका २३ जना नेपालीलाई खरिपाटीमा राखियो
प्रकाशित मिति: बिहिबार, चैत्र १३, २०७६ | १४:५९:५३
काठमाडौं ,१३ चैत्र ।
भारत र बंगलादेशबाट आएका २३ जना नेपालीलाई भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएको छ ।
२३ जनामध्ये ९ जना महिला छन् । उनीहरू काँकडभिट्टाबाट बसमा काठमाडौं आएका थिए । नेपाली सेनाको प्रमुख सेनानी शिवप्रसाद पौडेलले उनीहरूलाई गएराति साढे नौ बजे खरिपाटीमा राखिएको जानकारी दिए ।
योसँगै खरिपाटी क्वारेन्टाइनमा ९६ जनालाई राखिएको छ । यसअघि विभिन्न देशबाट आएका ७३ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको थियो ।
प्रकाशित मिति : बिहिबार, चैत्र १३, २०७६ |
१४:५९:५३
5457



















