दार्चुलामा क्वारेन्टाइन छाडी भागे एकै परिवारका ४ जना
प्रकाशित मिति: बिहिबार, चैत्र १३, २०७६ | १५:३९:३०
दार्चुला,१३ चैत्र ।
दार्चुलामा क्वारेन्टाइनमा राखिएका चार जना क्वारेन्टाइन छोडेर भागेका छन् ।
जिल्लाको अपिहिमाल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका ८ जना मध्ये ४ जनाले क्वारेन्टाइन छोडेर भागेका हुन् । भारतको बङलोरबाट आएका एकै परिवारका ४ जनाले क्वारेन्टाइन छोडेर भागेको छन् ।
प्रहरीले रोक्ने प्रयास गरे पनि उनीहरू भाग्न सफल भएका थिए । उनीहरुलाई परामर्श दिइ गाउँपालिकाको वडा नम्बर ५ रेलामा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र १३, २०७६ |
१५:३९:३०
4049



















