भारतमा कोरोनाबाट एकैदिनमा ८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या २० पुग्यो
प्रकाशित मिति: शुक्रबार, चैत्र १४, २०७६ | १२:०७:२१
नयाँ दिल्ली, १४ चैत्र ।
भारतमा बिहीबारमात्रै कोरोनाभाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।
बिहीबार एकै दिन ८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २० पुगेको हो। ती सात जनामध्ये चार जना दिल्लीका रहेको टाइम्स अफ इण्डियाले जनाएको छ।
त्यस्तै, कोरोना संक्रमित बिरामीहरूको संख्या पनि सात सयभन्दा बढी पुगिसकेको छ।
बिहीबार साँझसम्म संक्रमितको संख्या सात सय २७ रहेको बताइएको छ।
धेरैजसो मृत्यु हुनेमा वृद्धवृद्धा र अरू कुनै रोगबाट पनि संक्रमित बिरामी रहेका छन्।
प्रकाशित मिति : शुक्रबार, चैत्र १४, २०७६ |
१२:०७:२१
4533






















