पोखरामा मोटरसाइकल कुलोमा खस्दा एक जनाको मृत्यु
प्रकाशित मिति: बिहिबार, चैत्र २०, २०७६ | ११:५६:१०
काठमाडौं,२० चैत्र ।
पोखरामा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेखनाथ( ३ घर भएका सुन्दरीबजार बस्ने ३८ बर्षीय निम राज पुन रहेका छन् ।
पोखराको चाउथे स्थित खसीबजार नजिक रहेको कुलोमा मोटरसाइकल खस्दा पुनको मृत्यु भएको हो । ग ११ प ८२८१ नम्बरको बुलेट बाइकमा रहेका उनी खसीबजार नजिकै रहेको सडक पारीको कुलोमा खसेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र २०, २०७६ |
११:५६:१०
5149



















