सुरक्षा निकायद्वारा दुई दिनदेखि भीरमा अडकिएकी महिलाको सकुशल उद्धार
प्रकाशित मिति: शुक्रबार, चैत्र २१, २०७६ | १७:३४:५१
गुल्मी, २१ चैत ।
सुरक्षा निकायको एक समूहले भीरमा अड्किएकी एक महिलाको सफल उद्धार गरेको छ । गुल्मी जिल्ला मुसिकोट नगरपालिका-७ अर्छुङ टाकुरे भिरमा एकजना महिला अड्किएको भनी प्रहरी चौकी वामीटक्सार गुल्मीमा जानकारी प्राप्त भएपछि परिचालित सुरक्षा निकायको टोली उद्धार गरेको हो ।
सूचना पाएसँगै प्रहरी चौकीबाट प्रहरी टोली र नेपाली सेनाका वामी सुरक्षा पोष्टबाट समेत टोली खटी गई उक्त भिरमा अड्किएकी महिलालाई विहीबार जीवित उद्धार गरी स्वास्थ्य उपचार पश्चात नगरपालिकाद्वारा खडा गरिएको क्वारेन्टाईनमा राखिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
स्थायी ठेगाना भारतको झारखण्ड, मधुपूर बताउने ती महिला दुई दिन पहिलादेखि सोही भीरमा अडकिएको भन्ने खुल्न आएको ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २१, २०७६ |
१७:३४:५१
4511



















