कोरोना आफूमा सारेको भन्दै एक प्रमिले लिए प्रेमिकाको ज्यान
प्रकाशित मिति: शनिबार, चैत्र २२, २०७६ | १८:१५:५०
एजेन्सी, २२ चैत ।
एक डाक्टरले कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण आफूमा सारेको भन्दै आफ्नो प्रेमिकाको ज्यान लिएका छन् ।
२८ बर्षिय डि पेसले प्रहरीलाई फोन गरी आफनै प्रमिकाको ज्यान लिएको जानकारी दिएका हुन् । उनले आफूलाई कारोना भाइरसको संक्रमित बनाएको कारण प्रेमिकाको ज्यान लिएको प्रहरीलाई बताएका छन् । सिसलीका प्रहरी घटनास्थल पुग्दा उनले आफ्नै नाडी काटिसकेको जनाइएको छ ।
उनीहरु दुबैको प्रारम्भिक जाँचमा भने कोरोना संक्रमित नदेखिएको प्रहरीले बताए । प्रहरीका अनुसार संक्रमण भएको नपाएपछि पेसको बयान संस्कास्पद रहेको छ । कारोना भाइरसको संक्रमण फैलिएपछि दुबै जना स्वास्थ्य सेवामा खटिरहेका थिए ।
प्रकाशित मिति : शनिबार, चैत्र २२, २०७६ |
१८:१५:५०
1871