कपिलवस्तुमा ज्वरोले थलिएकी महिलाको अस्पताल चहार्दाचहार्दै मृत्यु
कपिलवस्तु,२४ चैत्र ।
कपिलवस्तुमा ज्वरोले थलिएकी एक महिलाको अस्पताल चहार्दाचहार्दै मृत्यु भएको छ।
कपिलवस्तु र रुपन्देहीका अस्पतालहरुले उपचार गर्न नमानेपछि यशोधरा गाउँपालिका–६ रंगपुरकी ३६ वर्षीया कलामुन निशाले सोमबार ज्यान गुमाएकी हुन्।
वडाध्यक्ष श्यामनारायण उपाध्यायका अनुसार निशा करिव एक हप्तादेखि बिरामी थिइन्। आइतबार राती ज्वरोले च्यापेपछि कपिलवस्तु अस्पताल तौलिहवामा लगिएको थियो। अस्पतालले भर्ना गर्न नमानेपछि आफन्तले उनलाई भैरहवा पुर्याएका थिए।
आफन्तले लुम्बिनी मेडिकल कलेजमा लैजाँदा पनि भर्ना गर्न नमानेपछि उनलाई भैरहवा मेडिकल कलेज लगिएको उपाध्यायले जानकारी दिए।
भैरहवाको भीम अस्पतालले समेत उपचार गर्न नमानेपछि पुनः कपिलवस्तु अस्पताल ल्याएको उपाध्यायले बताए।
‘कपिलवस्तु अस्पतालले सलाईन चढाएर बिरामीलाई राति नै घर पठाएको रहेछ’ उपाध्यायले भने, ‘बिरामीको अवस्था नाजुक भएको भन्दै मलाई फोन गरेपछि प्रमुख जिल्ला अधिकारीलाई भनेर आज बिहान पुनः अस्पताल लगिएको थियो।’
उपाध्यायका अनुसार अस्पताल पुर्याउनेवित्तिकै उनको मृत्यु भएको हो।
त्यसअघि उनलाई स्थानीय एक मेडिकलले टाइफाइडको आशंकामा औषधि दिएर पठाएको थियो।
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। आज ९सोमबार० बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो।
अधिकारी नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुन्।
अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले अधिकारीसहित चिन्तामणि सिवाकोटी र राजन खनालको नाम सिफारिस गरेको थियो।
अर्थमन्त्री डा। युवराज खतिवडा गभर्नर हुँदा अधिकारी नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर थिए।



















